Section 60
दर्ता खारेजी
: (१) सहकारी बैङ्कले तिर्नु पर्ने ऋण तथा बाह्य दायित्व भुक्तानी गर्न नसक्ने देखिएमा त्यस्तो बैङ्कलाई खारेज गर्नको लागि नेपाल राष्ट्र बैङ्कले रजिष्ट्रारलाई परामर्श दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परामर्श दिनु अघि नेपाल राष्ट्र बैङ्कले त्यस्तो सहकारी बैङ्कलाई कम्तीमा पन्ध्र दिनको सफाईको मौका दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दर्ता खारेज गर्न परामर्श प्राप्त भएमा रजिष्ट्रारले दर्ता खारेज गरी दफा ८९ बमोजिम लिक्वीडेटर नियुक्त गर्नु पर्नेछ ।